काठमाडौ
चैत १८ ।
सुरेन लामाको स्वरमा रहेको गीत ‘टाढा नहुनु है…’सार्वजनिक भएको छ । अर्जुन पोखरेलको सङ्गीत, उत्तम कुमार बतौलाको शब्द, लाहाङ सुब्बाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
दिनेश ठकुल्लाले निर्देशन गरेको गीतको भिडियोमा विवश ठगुन्ना र अन्जु न्यौपानेको अभिनय छ । भिडियोलाई सौगातजंग थापाले निर्माण गरेका हुन् ।
भिडियोमा नरेश ऐरको छायाँकन, रोशन धितालको सम्पादन रहेको भिडियोलाई धिताल फिल्मस्ले निर्माण गरेको हो । गीतको भिडियोलाई चाँगुनारायण इन्टरटेनमेन्ट प्रालिमार्फत सार्वजनिक गरिएको छ ।






