वायु प्रदूषणका कारण चार दिनसम्म देशभरका विद्यालयहरु बन्द

काठमाडौं,
चैत १७ ।

आजबाट चार दिनसम्म देशभरका विद्यालयहरु बन्द छन् । वायु प्रदूषणका कारण मंगलबारबाट चार दिनसम्म विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत् मन्त्रीस्तरीय निर्णयबाट विद्यालय चार दिन बन्द गर्ने निर्णयबारे जानकारी गराएको हो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा विद्यालय बन्दको निर्णय गरेका हुन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरू वायु प्रदूषणका कारण विरामी परेपछि बन्द गर्ने दबाब परेको थियो । विशेषगरी बालबालिकाहरू प्रदूषणका कारण विरामी पर्न थालेका छन् ।

बलबालिकामा रुघाखोकीको समस्या बढी देखिएको छ । अस्पतालहरूमा बालबालिकाको चाप बढेको छ । यसैगरी, विद्यालय बन्द भएपछि कतिपयले चार दिनसम्म अनलाइन क्लास सञ्चालन गर्ने भएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार