अपाङ्गतामैत्री नीति नियम तथा सेवा बारे एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं,
चैत १५ ।

अपाङ्गतामैत्री नीति नियम तथा सेवा बारे एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्ति र तिनका अभिभावकहरू का लागि चन्दागिरी नगरपालिका-१० को आर्थिक सहयोगमा अपाङ्गता-अभिभावक समाज नेपालको आयोजनामा नेपाल सरकारका अपाङ्गतामैत्री नीति नियम तथा सेवा बारे एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्ति र तिनका अभिभावकगरी ४६ जना लाई अपाङ्गतामैत्री नीति नियमका बारेमा नेपाल बोसिया संघका अध्यक्ष गोमा देवि पौडेल र राष्ट्रिय अपाङ्ग महासंघका सदस्य एवम् बोसिया संघका महासचिव देब कुमारी पराजुलीले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रम प्रमुख अतिथि नगर उपप्रमुख लिशा नकर्मिले अपाङ्गता भएका व्यक्तिहरूका लागि यस नगरपालिकामा एक शैक्षिक संस्थाको आवश्यकता रहेको भन्दै आगामी दिनमा नगरपालिकाले सबै वडाहरू सँगको समन्वयमा अपाङ्गता भएका व्यक्तिहरूका लागि विद्यालय स्थापनाको विशेष पहल गर्नेसमेत प्रतिबद्धता गर्नुभएको थियो ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका–१० का अध्यक्ष गोपाल कृष्ण महर्जनले अपाङ्गता भएका व्यक्तिहरूको कार्यक्रम लाई सबैले सकारात्मक रुपमा लिनुपर्ने र अपाङ्गता भएका व्यक्तिहरू लाई पनि अन्य सरह अवसर प्रधान गर्दा समाजमा उनिहरूले पनि केहीगर्न सक्छन् भन्ने उदाहरण हाम्रै देशमा थुप्रै छन् । आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरू का आवश्यकता लाई मध्यनजर गर्दै हाम्रो वडामा बजेट निर्माण गर्दा प्राथमिकतामा राख्ने समेत बताउनुभयो । यस्ता कार्यक्रमले सबै प्रकारका अपाङ्गता भएका ब्यक्ति र हामिहरू लाईसमेत थप उर्जा मिलेको छ भन्दै कार्यक्रम सफलताको शुभकामना समेत दिनुभएको थियो ।

कार्यक्रमका सहभागीहरू लाई स्वागत गर्दै अपाङ्गता–अभिभावक समाज नेपाल का अध्यक्ष टेकबहादुर बमले चन्द्रागिरि नगरपालिका भित्र रहेका विभिन्न प्रकारका अपाङ्गता भएका ब्यक्ति र तिनका अभिभावकहरू लाई सङ्गठित गर्दै अपाङ्गताको क्षेत्रमा विभिन्न सामाजिक कार्य गर्ने उद्देश्यका साथ यो संस्था स्थापना भएको हो । संस्थाको उदेश्य अनुसार कार्य गर्ने क्रममा चन्द्रागिरि नगरपालिका सँगको साझेदारीमा समुदायमा आधारित पुर्नस्थापना (सिविआर) कार्यक्रम संस्थाले सञ्चालन गरिरहेको छ । साथै चन्द्रागिरि नगरपालिका अन्तर्गतका अन्य वार्डहरू सँगको सहकार्यमासमेत अपाङ्गता सम्बन्धि बिभन्न अभिमुखिकरण कार्यक्रम, शिपमुलक तालिम, अपाङ्गता सहयोग सामग्री वितरणलगायत कार्यक्रमसमेत संस्थाले सञ्चालन गरिरहेको समाज अध्यक्ष बमले बताउनुभयो ।

कार्यक्रमको समापन समारोहमा बोल्दै चन्द्रागिरि नगरपालिकाका सूचना अधिकारी एवम् सामाजिक शाखा प्रमुख रश्मि श्रेष्ठले अपाङ्गता भएका ब्यक्तिहरूको अभिभावकत्वो नगरपालिका लिन सधै तयार भएकोसमेत जानकारी गराउनु भएको थियो ।

कार्यक्रमको सभाध्यक्ष अपाङ्गता–अभिभावक समाज नेपालका अध्यक्ष टेकबहादुर बम, प्रमुख अतिथि चन्दागिरी नगरपालिका उपमेयर लिसा नकर्मी, विशिष्ट अतिथी चन्द्रागिरि नगरपालिका–१० का वडाध्यक्ष गोपल कृष्ण महर्जन, नगरपालिकाका सूचना अधिकारी एवम् सामाजिक शाखा प्रमुख रश्मि श्रेष्ठ, वडाका वडा सदस्यहरू, अपाङ्गता भएका व्यक्ती र तिनका अभिभावकहरूको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन दृष्टि बिहिन अपाङ्गता भएका ब्यक्ति सुमन घिमिरेले गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार