दोस्रो मुवॉथाइ राष्ट्रिय खेल गोकर्णेश्वर मन्दिर परिसरमा सम्पन्न

काठमाडौं,
चैत १५ ।

गोकर्णेश्वर नगर कमिटिको आययोजनामा दोस्रो मुवॉथाइ राष्ट्रिय खेल गोकर्णेश्वर मन्दिर परिसरमा सम्पन्न भएको छ । गोकर्णेश्वर नगर उपप्रमुख शान्ति नेपाल, सल्लाहकार दीपक रिसाल, अर्थ सवाल साप्ताहिकका सम्पादक रमेश कुमार बोहोरा लगायतका २५ जनाभन्दा बढी अथितिको उपस्थितिमा मुवॉथाइ राष्ट्रिय खेल सम्पन्न भएको हो । शनिबराविहान ११ बजेदेखि शुरु भएर दिउसो ५ बजे सम्पन्न प्रतियोगितामा खेलप्रेमिहरूको बाक्लो भिड रहेको थियो ।

उक्त खेलमा देशभरका खेलाडीहरूको सहभागितामा १४ खेल समावेश गरिएको थियो । खेलमा १८ जना खेलाडी सहभागी मध्ये दुई जना महिला सहभागी भएका थियो । जसमा ५१ केजी मेडल फाइटमा तेजन मगर, तेन्जी¨ शेर्पा, प्रविन राई र नवराज पराजुलीले हात पारे, ५१ के.जी.को वेल्ट खेलमा अन्नन राई र लोप्साङ तामाङले जितेका छन् भने ५४ के.जी. ६० के.जी. ६३ के.जी. ६७ के.जी. ७२ के.जी. मा क्रमस हेवी राई, सन्दीप तामाङ, दावा फुन्जो शेर्पा, अबरम राई, डिन विजय विक्रम राना, सन्तोष खत्री, कोशिस श्रेष्ठले वेल्ट जित्न सफल भए भने महिला तर्फको ५१ के.जी.मा देनिका राईले वेल्ट जित्न सफल भईन ।

उक्त खेलका विजेता खेलाडीहरूलाई प्रमखु अतिथि सन्तोष चालिसेलगायत उपप्रमुख शान्ति नेपाल सल्लाहकार दीपक रिसाल लगायतकाले वेल्ट र मेडल वितरण गरेका थिए । यस आयोजनाको मिडिया पार्टनर अर्थ सवाल साप्ताहिक रहेको थियो । खेलको आयोजक अध्यक्ष सानु श्रेष्ठले समापन गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार