✍️ नवराज हुमागाईं, भक्तपुर
चैत ११ ।
भक्तपुर स्थित वालबालिका स्कुलमा वालबालिका उत्प्रेरण कार्यक्रम सम्पन्न भएको छ । आइसा टेडर्सको सहकार्यमा आशिष डांगीले उक्त कार्यक्रम आयोजना गर्नुभएको हो ।
बालबालिकालाई हौसला र केही मनोरञ्जनका कार्यक्रमगरी वालबालिकालाई सबल र सक्षम बनाउने हेतुले गरिएको उक्त कार्यक्रमको प्रमूख आतिथ्यता स्कुलका प्रधानाध्यापक ईश्वर पाठकले गर्नुभएको थियो । युवाले नै राम्रो सिकाउन र बुझाउन सक्ने भएकाले युवा पत्रकार नवराज हुमागाईं, युवा समाज सेवक धर्म सार्की, आइसा टेर्डसका सञ्चालक एवम् तलेजु होस्टलका सञ्चालक प्रितम गुप्ताको कार्यक्रममा उपस्थिती रहेको थियो ।
यो कार्यक्रम पहिलो संस्करणको रुपमा लिइएको छ । अरु विद्यालय र कलेजलगायत विभिन्न ठाउँमा गएर कार्यक्रमगरी चेतना मूलक बनाउने यस कार्यक्रमका संस्थापक आशिष डांगीले बताउनुभयो । सानो–सानो कार्यक्रम गरेर पछि यसलाई ठूलो बनाउने उहाँको योजना छ । निरन्तर समाजको हितको निम्ति लागि परिरहनुभएका डांगीले थुप्रै गीत पनि गाउनुभएको छ ।






