‘ढाँटे मरिजाम’ भन्दै सबिता (भिडियोसहित)

काठमाडौं,
चैत ११ ।

मञ्जु उपासना र एचबी सुनारको स्वरमा रहेको गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ । पत्रकार सबिता पोखरेलको शब्द, एचबीकै सङ्गीत र सुदीप सागरको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

कपिल कार्कीको निर्देशन र सुनिल कुमार मगरको कोरियोग्राफी रहेको गीतको भिडियोमा पछिल्लो समय टिकटकबाट भाइरल भएका मोडल सुधीर श्रेष्ठ र मोडल अन्जु सुनारको अभिनय छ । भिडियोमा बालकुमार मगरको छायाँकन तथा सम्पादन छ ।

गायनमा पाइला चाल्दै गर्दा आफ्नै सङ्गीत स्कुल खोलेर नृत्य र गायनको कक्षाहरू दिँदै आएका गायिका मन्जु उपासना र एचीबी सुनारको स्वरमा धेरै गीतहरु बजारमा आइसकेका छन् । उनीहरूको स्वर रहेको गीत दिइसके यो जोवान, चोरी चोरी जस्ता धेरै गीत रहेका छन् । यस्तै गीतकार तथा पत्रकार सबिताका गीत पनि दर्शक/स्रोतामाझ लोकप्रिय रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार