कमला न्यौपानेको होली गीत ‘होली रङ्ग होली’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
चैत ९ ।

होलीलाई रसरङ्ग र उमङ्गको उत्सव मानिन्छ भने नेपालको साङ्गीतिक क्षेत्रमा होलिको बेग्लै महत्व रहँदै आएको छ । यसै क्रममा होलिलाई दृष्टिगत गर्दै प्रवासमा रहँदै आउनु भएका गीतकार कमला न्यौपानेले रचना गर्नुभएको होली गीत ‘होली रङ्ग होली’ सार्वजनिक गरिएको छ ।

गीतकार न्यौपानेको यस होली गीतलाई गायिका मेलिना राई र अनुप रेग्मीले स्वर दिनुभएको छ भने अमेरिकामा रहँदै आउनु भएका सङ्गीतकार येदिन गजमेरले सङ्गीत सृजना गर्नु भएको छ ।

https://youtu.be/wktTnu0ymnM

अमेरिकामा रहँदै आएका नेपालीहरुद्वारा सञ्चालित युट्युब नौलो डिजिटलमार्फत सार्वजनिक भएको यो गीतको म्युजिक भिडियो को छायाँकन बुद्ध थापा, सम्पादन बिकास दाहाल र निर्देशन प्रकाश धितालको छ । गीतको भिडियोमा जीवन भट्टराई, कमल सिंह र रिचा थापाको अभिनय छ । योसमेत गीतकार कमला न्यौपाने रचित ६ वटा गीत रहेको साङ्गीतिक एल्बम ‘तरङ्ग’ले सङ्गीत बजारमा एउटा तरङ्ग ल्याएको कुरा यहाँ उल्लेखनीय हुन आउँछ ।

साहित्यकारका रुपमा पृथक पहिचान बनाउनु भएका कवियत्रि न्यौपाने का गीत, मुक्तक, गजल र कविता प्रकाशमा ल्याइरहनु भएका गीतकार हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार