हत्यामा संग्लगन तीन जना अभियुक्त पक्राउ

बारा,
चैत ४ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका-२३ बस्ने १४ वर्षिय साहिद हुसेनको हत्यामा संग्लगन रहेका तीन जना अभियुक्त पक्राउ परेका छन् । सोही वडाका २० वर्षिय कियामुदिन मसुरी, अमर मिया हुसैन हजाम र आबेदिन मिया आवेदिन मिया अंसारी रहेको प्रहरी उपरिक्षक दीपेन्द्र शाहीले जानकारी गराएका छन् । हत्यामा प्रयोग गरिएको खुकुरीसमेत फेला परेको उनले बताए ।

मृतक फागुन ११ गतेदेखि हराएको र निजका अभिभावकले फागुन १३ गते खोजतलाश गरी पाउ भनी प्रहरी कार्यलयमा निवेदन दिएको प्रहरीले जानकारी गराएको छ । निजको हुलिया सहितको फोटो देशभरिको प्रहरी चौकीमा परिपत्र गरेको शाहीले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

प्रहरी नायव उपरिक्षक गौतम मिश्रको नेतृत्वमा अनुसन्धान टोली खटाई मेनुअल र प्राविधिक रुपमा अनुसन्धान गरिएको थियो । तालिम प्राप्त कुकुरसमेत प्रयोग गरिएको थियो । अनुसन्धानको क्रममा करिव ५० जना भन्दा बढि जनासँग सोधपुछसमेत गरिएको थियो ।
हत्या पारिवारिक झै झगडा, जग्गा जमिन, रिसईवी, आपसी विवाद, प्रेम सम्बन्ध रहेको अनुसन्धानबा खुलेको प्रहरी उपरिक्षक शाहीले जानकारी गराएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार