कास्की,
चैत ३ ।
कास्की जिल्लाको सदरमुकाम पोखरामा रहेको राष्ट्र सेवक सकोसले पाँच दिनको भ्रमण तालिका अनुसार सहकारी अध्ययन अबलोकन भ्रमण सकेर भ्रमण टोली पोखरा फर्किएको छ । ७२ सदस्य अबलोकन भ्रमण टोलीले पर्यटकिय तथा धार्मिक स्थलको भ्रमण साथै रामेछाप र चितवन जिल्लामा रहेका राष्ट्र सेवक सहकारी सस्था लिमिटेडको अवलोकन र सञ्चालक एवम् पदाधिकारीहरू सँग अन्तर्क्रिया गरेका छ ।
संस्थाका अध्यक्ष बैकुण्ठ नाथ आचार्यको नेतृत्वमा रहेको ७२ सदस्य भ्रमण टोलिले हेटौँडाको शहीद स्मारक पार्क, दोलखामा रहेको कालिन्चोक भगवती, चितवनको सौराहा साथै काभ्रे, रामेछाप र सिन्धुलीलगायतका जिल्लामा रहेका धार्मिक एवम् पर्यटकीय स्थल, चितवन र रामेछाप जिल्लामा रहेका राष्ट्र सेवक सहकारी सस्था लि. को अवलोकन भ्रमण गरेको छन् ।
भ्रमणमा सहभागी शेयर सदस्य नवीनकिरण भुसालका अनुसार अन्य जिल्लाका सहकारीहरूको अध्ययन अवलोकनगरी बचत तथा ऋण कारोबार नियमित गराउन सहयोग पुग्ने, अध्ययन अवलोकन पश्चात क्षमता अभिबृद्धि हुने, नेतृत्व विकास हुने, सहकारीको मूल्य मान्यता अनुसार सहकारी सञ्चालनमा सहजता आउने साथै सेयर सदस्यबीच आत्मीय भावनालाई बढवा मिल्ने विश्वासका साथ अवलोकन भ्रमण साथै अन्य अतिरिक्त क्रियाकलापहरू नियमित रुपमा सञ्चालन गर्ने गरेको छ ।






