काठमाडौं,
चैत ३ ।
राज सागरको स्वरमा रहेको गीत ‘अन्जु रानी, मन्जु रानी’ सार्वजनिक भएको छ । रुपक बनबासीको शब्द, राजकै सङ्गीत, रिकेश गुरुङको एरेञ्ज र दीप घतानीको रेकडिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
काजिज श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा नायक श्रीदेव लाई दुइ मोडल अन्जु निरौला र मंजिता केसीले साथ दिनुभएको छ । गीतको भिडियो अनुसार अन्जु र मन्जुको अभिनय छ ।
निकै रोमान्टिक ढङ्गमा प्रस्तुत गरेको भिडियोमा राजेश घिमिरेको छायाँकन र दीपक विष्टको सम्पादन छ । विमला तामाको शृङ्गार रहेको गीतिको भिडियो अन्जु निरौलाको युटुब च्यानलमार्फत सार्वजनिक भएको छ ।






