‘यो जुनीमा तिम्रो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
फागुन २९ ।

आकाश श्रेष्ठ र वर्षा राउतको अभिनय रहेको गीत ‘यो जुनीमा तिम्रो’को भिडियो सार्वजनिक भएको छ । छवी न्यौपाने र मेलिना राईको स्वर, किशोर शिवाकोटीको शब्द तथा सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भिडियोमा आकाश र वर्षाबीचको प्रेम र भावी जीवनको गाथालाई निर्देशक निकेश खड्काले नजिकबाट केलाएका छन् ।

रुपेश खड्काको सम्पादन रहेको भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् । गीतको भिडियोलाई एनपी म्युजिक हवबाट बजारमा ल्याइएको हो ।

यसमा तपाइको मत

अन्य समाचार