काठमाडौं,
फागुन २८ ।
अभिनेत्री अशिश्मा नकर्मीले पनि गीत गाउनुभएको छ । रङ्ग पत्रकार तथा सञ्चारकर्मी एवम् गीतकार शान्तिप्रियको शब्दमा अशिशमा नकर्मीले गाएको गीत सार्वजनिक भएको छ । ‘नेपालकी छोरी…’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । गीतलाई राजाबाबु थारुले रेकर्डीङ, मनोज चौलागाईले एरेञ्ज, प्रकाश मिश्रले मिक्सीङ गर्नुभएको छ भने सन्तोष श्रेष्ठको सङ्गीत छ ।
राजीब बलामीको नृत्य एवम् निर्देशन रहेको गीतको भिडियोमा मोडल एवम् अभिनेत्री सुशीला थापा फिचरीङ हुनुहुन्छ । मुकेश हुमागाईको छायाँकन, राजीब बलामीको सम्पादन, कविता तोलाङ्गीको शृङ्गार, मिलर गुरुङको कलर संयोजन एवम् शान्तिप्रियको निर्दीष्छ रहेको छ भिडियोमा ।
अभिनेत्रीहरूको स्वर रहने गरी शान्तिप्रियको आवाज नामक एल्बमप्रकाशित हुँदैछ । जसका लागी अभिनेत्री अनु शाहको स्वरमा पनि गीत रेकर्ड भइसकेको छ भने अन्य हुने क्रममै छन् । ‘नेपालकी छोरी…’ छायाँछवी क्रियएशनको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






