काठमाडौं,
फागुन २६ ।
कृष्ण काफ्ले र रचना रिमालको स्वरमा रहेको गीत ‘घरीघरी’ सार्वजनिक भएको छ । प्रमिला वस्नेतको सब्द, सरोज प्यकुरेलको सङ्गीत, नरेन्द्र वियोगीको एरेञ्ज र कुसन थापाको मिक्सीङ मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
प्रहिल कार्कीको निर्देशन रहेको गीतको भिडियोमा कृष्ण काफ्ले र समिक्षा पोखरेलको अभिनय छ । आभाष वर्जाचार्यको छायांकन रहेको गीतको भिडियोमा दुई प्रेमीको लभस्टोरीलाई समेटिएको छ ।
प्रवासमा बसेर पनि गीत सङ्गीतलाई माया गर्ने प्रमिला बस्नेत गीतकारका अतिरिक्त गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य पनि हुनुहुन्छ । उहाँले यो भन्दा अगाडी पनि धेरै गीत लेखी सक्नु भएको छ ।






