‘सुपर प्लस साईज मोडल नेपाल सिजन-३’ को उपाधि सृष्टिलाई

काठमाडौं,
फागुन २३ ।

‘सुपर प्लस साईज मोडल नेपाल सिजन-३’ को उपाधि सृष्टि उप्रेतीले जित्नु भएको छ । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगीतामा उहाँले उपाधिसँगै विभिन्न गिफ्ट ह्याम्पर पाउनुभयो ।

यस्तै प्रतियोगितामा स्मृति अधिकारी ‘फस्ट रनर अप’ बन्नुभयो । विधागततर्फ सृष्टि उप्रेती ‘मस्ट फोटोजेनिक’, रोजिना राई ‘मस्ट इन्थुजियास्टिक’, कृष्णा कोइराला ‘मस्ट स्मार्ट’, प्रेरणा राजवंशी ‘मस्ट इन्टेलिजेन्ट’, रोजिना राई ‘मस्ट भ्युअर्स च्वाइस’, सृष्टि उप्रेती ‘मस्ट चार्मिङ’ र ‘मस्ट ट्यालेन्ट’, स्मृति अधिकारी ‘मस्ट कन्फिडेन्ट’, सिर्जना आले मगर ‘बेस्ट पर्सनालिटी’, कृष्णा कोइराला ‘अडियन्स च्वाइस’ र ‘पब्लिक च्वाइस’ घोषित हुनुभयो ।

आयोजक डेविलसिंह राजपुतले प्लस साइज (मोटोपन) भएर निराश भई बसेका महिलाहरूलाई लक्षित गर्दै उनीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता अभिवृद्दि गरी समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो ।

रोजिन शाक्यले सञ्चालन गरेको प्रतियोगिताको प्रमुख अतिथी पूर्व सूचना तथा सञ्चारमन्त्री तथा सांसद डा. मिनेन्द्र रिजाल रहनु भएको थियो । प्रतियोगिताको निर्णायकमा हिसानका केन्द्रीय उपाध्यक्ष, काठमाडौं भ्याली स्कुल एण्ड कलेजका अध्यक्ष तथा त्रिभुवन युनिभर्सिटीका सहायक प्राध्यापक डा. स्वागत श्रेष्ठ, भीएस निकेतन स्कुलकी प्रधानाध्यापक संगिता श्रेष्ठ, गायक सीताराम पोख्रेल र र्‍यापर तथा सञ्चारकर्मी एनएसके निर्णय श्रेष्ठ रहनु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार