भीमसेन थापा गाउँपालिकामा ‘स्वस्थ जीवन शैलीका लागि आयुर्वेद’ कार्यक्रम

गोरखा,
फागुन २३ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय द्वारा गोरखाको भिमसेन थापा गाउँपालिकामा ‘स्वस्थ जीवनशैली परिर्वतनका लागि आयुर्वेद कार्यक्रम’ सञ्चालन भएको छ । ‘निरोगी नेपाल निर्माण आभियान’ कार्यक्रम अन्तर्गत आयुर्बेद स्वास्थ्य सेवाको माध्यमबाट रोगको जोखिमलाइ न्यूनीकरण साथै उपचार सेवा प्रदान गर्ने उद्देश्य अनुरुप आयुर्वेद स्वास्थ्य सस्था नरहेका स्थानीय तहहरूमा नागरिक आरोग्य सेवा केन्द्रहरू स्थापना भइरहेका छन् ।

सम्बन्धित स्थानीयतहहरूमा स्वस्थ जीवनशैली प्रवर्धनका लागि आयुर्वेद कार्यक्रम सञ्चालन गर्ने प्रदेश स्वास्थ्य निर्देशनालयको स्वीकृत कार्यक्रमअन्तर्गत नवलपरासी (वर्दघाट सू. पू.) को बुलिङ्गटार गाँउपालिकाबाट सुरु गरिएको सो कार्यक्रम गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिकामा पनि सम्पन्न गरिएको उक्त कार्यक्रम संयोजक स्वास्थ्य निर्देशनालयका बरिष्ठ कविराज निरीक्षक नवीन किरण भुसालले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा गोरखा जिल्लामा सञ्चालित आयुर्वेद सम्बन्धि गतिबिधिहरू, बढ्दो दरमा रहेका नसर्ने रोगहरूको न्यूनीकरणका लागि आयुर्बेद जीवनशैली, खानपान, स्वास्थ्य समस्या, योगको महत्वलगायतका विषयमा चिकित्सकले जानकारी गराएका थिए । प्रदेश स्वास्थ्य निर्देशनालयका डा. वुद्धिप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको डाक्टर रामकृष्ण भुजेल सुभद्रा कार्की, प्रसान्त पण्डितलगायतले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रम भिमसेन थापा गाउँपालिका अध्यक्ष इश्वर पाण्डेको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । सो अवसरमा स्थानीय जनप्रनिधि, समाजसेवी, कर्मचारी, राजनीतिक दलका प्रतिनिधीलगायतको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार