काठमाडौं,
फागुन २२ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै हाल देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको र देशका केही पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको उल्लेख गरेको छ ।
आज काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २३ डिग्री सेल्सियस रहने विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश १ र बागमती प्रदेशका पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ भने बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहने सम्भावना छ । प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक, दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी आज राती सुदूरपश्चिम प्रदेश र प्रदेश १ का पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ । बाँकी प्रदेशका पहाडी भू-भागको मौसम आंशिक बदली रहने सम्भावना छ ।
प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक, दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।






