र्‍याप गीत ‘हरहर महादेव’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
फागुन २१ ।

र्‍याप गीत ‘हरहर महादेव’ सार्वजनिक भएको छ । नजिकिदै गएको महाशिवरात्रीको अवसर पारेर र्‍यापर मानव थापा स्याडोले गीतको भिडियो स्रोता/दर्शकमाझ ल्याएका हुन् ।

यसअघि सडक बालबालिकाको कथामा ‘खाते’ ल्याएका उनले यसपाली ‘हरहर महादेव’ भन्दै आएका छन् । गीतको भिडियो एम. एम. एस. ईन्टरटेन्मेन्टमार्फत सार्वजनिक गरिएको छ ।

ए वन म्युजिसियनमा रेकर्डिङ भएको उक्त गीतमा स्वर र शब्द गायक स्याडो कै छ भने बिट एरेन्ज अजय कार्की, रेकर्डिस्ट, मिक्सिङ तथा मास्टरिङ राजेश श्रेष्ठको छ ।

लोकप्रिय गीतकार तथा मोडल दर्पण राईको निर्देशन रहेको गीतको भिडियोमा बरिष्ठ कलाकार उत्तम के. सी. नेपालको विशेष भुमिका रहेको छ भने गायक स्वयम् र भोले बाबाजीहरूको पनि अभिनय हेर्न सकिन्छ । डम्बर राईको छायाँकन रहेको भिडियोमा प्रेम शर्मा पौडेलको सम्पादन तथा भीएपएक्स र कलर रहेको छ ।

गायक स्याडोका हरेक र्‍याप गीतमा फरक स्वाद अनि शैलि भेटिन्छ । यस पटकको र्‍याप गीत ‘हरहर महादेव’ पनि त्यस्तै फरक शैलीको रहेको कुरा निर्मात्री सम्झना राईले बताईन् ।

यसमा तपाइको मत

अन्य समाचार