✍️ डम्बर बिकेल
काठमाडौं,
फागुन १८ ।
जहर देऊ प्रिया बाँच्ने कुनै रहर छैन
तिम्रो र मेरो पिरतीको कुनै लहर छैन ।
आज तिमी मसँग हुन्छौ भोलि अर्कैसँग हुन्छौ
किन यस्तो भनी बुझ्न खोज्दा धुरुधुरु रुन्छौ
जहर देऊ प्रिया बाँच्ने कुनै रहर छैन
तिम्रो र मेरो पिरतीको कुनै ठहर छैन ।।
प्रेम गर्नेको मायालु एउटा नाउँ भए पो
मायाले रंगिएको सानो एउटा गाउँ भए पो
जहर देऊ प्रिया बाँच्ने कुनै रहर छैन
तिम्रो र मेरो पिरतीको कुनै सहर छैन ।।






