राष्ट्रिय गीत ‘तातो रगत अझै छ नेपालीको छाती भरी…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
फागुन १० ।

राष्ट्रिय गीत ‘तातो रगत अझै छ नेपालीको छाती भरी…’ सार्वजनिक भएको छ । बरिष्ठ बाँसुरी बादक तथा गायक, सङ्गीतकार बलराम समालको सङ्गीत र दर्जनौ सफल सिर्जनाका सर्जक दीपक बस्नेतको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा बलराम समाल, मेलिना राई, भिष्म आर्याल, विकाश लिम्बु ‘तुम्बाफो’ संगीता रनपहेली, मुना ठटालको स्वर रहेको छ ।

भिडियोमा सुनिता बस्नेत, समन बस्नेत, दिक्सल बस्नेत, आरुष कार्की, लीला कार्की, रत्न कार्की, या श्रेष्ठ, प्राश्ना थापा, आयुशा श्रेष्ठ, कृति श्रेष्ठ, सिमरन श्रेष्ठ, संस्कृति श्रेष्ठ, अञ्जली श्रेष्ठ, क्रिष्टीना श्रेष्ठ, सलोन श्रेष्ठ, इरिका मर्हजन, आदित्य श्रेष्ठ, प्रबिन बस्नेत, आयुश दास, किरण भुजेल, निशान मर्हजन, क्रिपेश श्रेष्ठ, स्वास्तीका कार्की, सष्मा श्रेष्ठलगायतका कलाकारको अभिनय रहेका छ । जो शिशु मिलन स्कुल, चुनिखेलका बिद्यार्थी भाई, बहिनीहरु हुन् भने निर्देशन प्रियजन राईको रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार