श्रीगोरक्षनाथ माबिको नवनिर्मित भवन उद्घाटन

हेटौंडा,
फागुन ७ ।

हेटौंडा १८ हर्नामाडिमा रहेको श्रीगोरक्षनाथ माबिको १० कोठे भवनको उद्घाटन सम्पन्न भएको छ । भुकम्प पछि जाईकाको आर्थिक सहयोगमा बनेको उक्त भवन बिद्यालयको ३१ औं वार्षिकोत्सबको अवसर पारेर उद्घाटन गरिएको हो ।

उक्त भवनको उद्घाटन पूर्व गृहराज्यमन्त्री तथा नेपाली कांग्रे्रेस मकवानपुरका सभापति माननीय इन्द्रबहादुर बानियाँले गर्नुभएको हो । भवन निर्माण कार्य उहाँकै विशेष पहलमा र बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँको सक्रियतामा सम्पन्न भएको हो । भवन निर्माणमा सहयोग गर्नुहुनेहरूलाई बिद्यालय ब्यवस्थापन समितिले सम्मान गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार