सत्यराजको स्वरमा ‘भरोसाको दियो’ (भिडियोसहित)

काठमाडौं,
फागुन ७ ।

लोकप्रिय गायक सत्यराज आचार्यको स्वरमा रहेको गीत ‘भरोसाको दियो’ सार्वजनिक भएको छ । हरिहर निरौलाको शब्द रचना, विशाल ढकालको सङ्गीत, पुष्कर सुनुवारको सङ्गीत संयोजन र किशोर थापाले मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा गायक सत्यराज आचार्य, अभिनेता स्वरुप पुरुष ढकाल तथा मोडल पुष्पा रायमाझीले अभिनय गर्नुभएको छ । हरि हुमागाईंद्वारा छायांकन गरिएको उक्त भिडियोलाई विकास धमलाले सम्पादन गर्नुभएको छ ।

भिडियोलाई सत्यराज आचार्यले निर्देशन गर्नुभएको हो भने अनिता थापा आचार्य भिडियोको सहायक निर्देशक हुनुहुन्छ । सत्य–स्वरुप यूट्युब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको छ ।

 

यसमा तपाइको मत

अन्य समाचार