अनुसन्धान सफल बन्न प्रारम्भिक अनुसन्धान त्रुटिरहित हुन आवश्यक

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
फागुन ६ ।

बलात्कारका घटना दिन प्रतिदिन बढदै जानु हाम्रो समाजको अगाडी तेर्सिएको गम्भिर चुनौति हो । कतिपय यस्ता घटना छिपिएका र दविएका पनि छन् । बास्तविक दोषिलाई पक्राउ गर्न कठिन पनि भएको छ । हाम्रो देशमा पनि अरु देशमा जस्तो बलात्कारीविरुद्ध कठोर कानुनी व्यवस्था हुनुपर्छ । अनुसन्धान गर्ने हाम्रा नेपाल प्रहरी दक्ष नभएका होइनन । बलात्कारको सूचना पाउँदा समयमै घटनास्थल पुग्छन । तर, परिणाम के हुन्छ भने समयमै दोषि पक्राउ पर्दैन समस्या यो हो ।

बैतडीकी किशोरी भागरथी भट्टको माघ २१ गते बलात्कारपछि भएको हत्या, सर्वत्र चासो र चर्चाको विषय बनिरहेको बेला बुधबार मात्र उनको हत्यारा सार्वजानिक गरिएको छ । यस घटनामा प्रहरीलाई ठूलो सफलता मिलेको छ । विगतको निर्मला पन्तकै जस्तो घटना फेरि हाम्रो समाजमा दोहोरिए पनि भागरथी भट्टको हत्या आरोपी सार्वजानिक भएसँगै पिडित परिवारले न्याय पाउने आशा गरिएको छ । यस घटनाको अनुसन्धानमा राज्यले निकै तत्परता देखाएकोले छिटो सफलता प्राप्त भयो । नजिककै आफन्त र नातेदार, साथीसंगति र शङ्कास्पद व्यक्ति प्रहरीको अनुसन्धानमा आएको कारणले गर्दा दोषी पत्ता लगाउन सहज भएको बुझिएको छ । यस घटनाका साथै कुनै पनि घटनामा कानुनको कार्यान्वयन पक्ष फित्तलो हुनु हुँदैन । जसले गर्दा यस्ता अपराध र बलात्कारका घटना दोहोरिन पाउँदैनन् ।

अझै पनि हाम्रो समाजमा छोरी, दिदी, बहिनी कतै सुरक्षित छैनन् । आफ्नै बाबु, दाजु, भाइ, छरछिमेकी साथीबाटै हाम्रो छोरीचेलीको अस्मिता लुटिरहेको समाचार दिनौं आइरहन्छन । यस्ता घटना सवै मिलेर नियन्त्रणमा ल्याउनुपर्छ । शान्ति सुरक्षाको दायित्व लिने नेपाल प्रहरीको प्रभावकारिता अझै बढेर जानु पर्छ । बलात्कारजन्य अपराध अनुसन्धानमा राज्यको अनुसन्धान प्रभावकारी ढङ्गले अघि बढनु पर्छ । कार्यान्वयन पक्ष व्यवहारमा लागु हुनुपर्छ । बैतडीकी किशोरी भागरथी भट्टकै बलात्कारपछिको हत्याको घटनाले सवैलाई फेरि झस्काएको छ ।

बलात्कारपछिको हत्या सबैभन्दा संवेदनशील अपराध हो । संवेदनशील यो अपराधको घटनाको अनुसन्धानले छिटो सार्थकता पायो तर अपराधीलाई दण्डित गर्ने सवालमा कति सम्मको सार्थकता पाउँछ भन्ने चासोको विषय बनेको छ । अपराध र बलात्कारका यस्ता घटनाहरू कुनै पनि अन्योलपूर्ण बन्न हुँदैन । अनुसन्धान सफल बन्न प्रारम्भिक अनुसन्धान त्रुटिरहित हुनुपर्छ । समाजमा बलात्कार हुनबाट रोक्न सबै भन्दा पहिला समाजमा जनचेतना जगाउनुपर्छ । जनचेतनाको अभावमा यस्ता घटनाहरू बारम्वार दोहोरिरहेका छन् । अब यस्ता घटनाहरू कुनै पनि बहानामा दोहोरिनु हुँदैन ।

तपाईं हाम्रो समाजमा यस्ता किसिमका घटना घट्न दिनु हुँदैन र कथम कदाचित यस्ता घटना घटि हालेमा कसैले पनि दोषीलाई जोगाउने वा संरक्षण दिने जस्ता गलत काम गर्नु हुँदैन । यसले गर्दा अपराधीको मनोबल झन बढ्नेगर्छ । यस्ता गतिविधि रोक्नको लागि तपाईं हामी सबै मिलेर समाजमा जनजागरण ल्याउनुपर्छ । राम्रा कुरा सिक्ने, असल नागरिक बन्र्ने कुरामा सवैको ध्यान जानुपर्छ । असल र सभ्य नागरिकले नै समाजलाई अघि बढाउछ ।

यसमा तपाइको मत

अन्य समाचार