काठमाडौं,
फागुन ३ ।
राम श्रेष्ठको स्वरमा रहेको गीत ‘माया गर्नु पर्दैन…’ सार्वजनिक भएको छ । सुवर्ण कुमार श्रेष्ठको शब्द, सुर्वणकै सङ्गीत र भिडियो सम्पादन, छायाँकन रहेको गीतको भिडियो सार्र्वजनिक भएको हो ।
गायिका तथा मोडल विशाखा गिरीसँग सार्वजनिक भिडियोमा अजय नगरकोटी र अभी सुनुवारले अभिनय गरेका छन् । डब्बु क्षत्रीको निर्देशन रहेको भिडियोमा यी तीन पात्रको त्रिकोणात्मक प्रेम सम्बन्ध समेटिएको छ ।
अजय र अभीको यो डेब्यु भिडियो हो । जसमा गीताञ्जली योगीको मेकअप रहेको छ । गीतको भिडियोलाई हाईलाईट्स नेपाल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






