छायांकनमा ‘क्यारेङ ग्याङ ३’

काठमाडौं,
फागुन ३ ।

चलचित्र क्यारेङ ग्याङ १, र २ को सफलता पछि एसएन डिजिटलको प्रस्तुतिमा चलचित्र ‘क्यारेङ ग्याङ ३’ निर्माण भएको छ । राजु लामाको लेखन, निर्देशन रहने चलचित्रमा करिना कक्षपति, नारायन घिमिरे, श्याम राई, मान बहादुर थापा, मोहन अभिलाशी, रत्नमान लामा, सुवाष सिल्वाल, सरस्वती घिमिरेलगायतका कलाकार छन् ।

छायांकनको क्रममा रहेको ‘क्यारेङ ग्याङ ३’ मा सङ्गीत मनोज चौलागाई र हस्त गौतम, शब्द बीबी थापा, प्रमोद  ढुंंगाना, गायक तथा गायिकामा लिजा लामा, कौशलराज खड्का, रुपक डोटेल, प्रताप दास, सानु खतिवडा छन् ।

समसामयिक बिषयवस्तुमा आधारित यस चलचित्रका निर्मातामा लिजा लामा र ललिता लामा छन् भने केही दिनमै गीत सार्वजनिक गरिने निर्देशक लामाले बताए ।

यसमा तपाइको मत

अन्य समाचार