कोरोनाबाट थप दुई को मृत्यु, १६० जनामा संक्रमण

काठमाडौं,
माघ २७ ।

मंगलबार थप १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय चार हजार ३०९ जनाको पिसिआर परीक्षण गर्दा थप १६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या दुई लाख ७२ हजार २१५ र पिसिआर परीक्षण हुनेको संख्या २१ लाख १० हजार ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या एक हजार ७३७ रहेको छ ।

यस्तै, काठमाडौं उपत्यकामा ७९ जना संक्रमित थपिएका छन् । ती मध्ये काठमाडौं जिल्लामा ६७, भक्तपुरमा पाँच र ललितपुरमा सात जना रहेका छन् ।

गत २४ घण्टामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या दुई हजार ४७ पुगेको छ ।

यस्तै पछिल्लो समय १६५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या दुई लाख ६८ हजार ४३१ पुगेको मन्त्रालयले जनाएको छ । देशभर हाल ८९ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । ६४ जना आइसियु र १५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार