‘चुरीफुरी’मार्फत अभिषेकसँगै पूजा, सोना र रिन्जन आउँदै

काठमाडौं,
माघ २६ ।

चलचित्र ‘चुरीफुरी’ बाट युवा मोडल अभिषेक श्रेष्ठले ठूलो पर्दामा डेब्यु गरेका छन् । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशन रहेको चलचित्रमा अभिषेकका साथमा नवप्रतिभाहरू पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजीवजंग बस्नेत अहम् भूमिकामा रहेको बताइएको छ ।

समसामयिक बिषयमा हास्य प्रदान प्रस्तुति रहेको चलचित्रमा नयाँ युवायुवतीका साथमा चलचित्र तथा टेलिभिजनका चर्चित कलाकर्मीहरू रबिन्द्र झा, शिसिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, सुनीता श्रेष्ठ तथा ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, मनिल तामाङ, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, सरिस्मा मगरलगायतले अभिनय गरेका छन् ।

नयाँ कलाकारहरू अडिसनबाट चयन गरिएको निर्देशक आचार्यले बताए । आरबी मुभीजको ब्यानरमा निर्देशक आचार्य स्वयम् र रिना ढकाल निर्माता रहेको चलचित्रको सहनिर्मातामा बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा छन् ।

राहुल राईले खिचेको चलचित्रमा भिमफेदी गाइजको कोरियोग्राफी, बिजय आचार्यको कला निर्देशन र दीपक शर्माको सङ्गीत छ । नवीन निरौलाले सम्पादन गर्ने चलचित्रको सुटिङ अन्तिम चरणमा पुगेको बताइएको छ ।

 

यसमा तपाइको मत

अन्य समाचार