काठमाडौं,
माघ २४ ।
शनिबार थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय दुई हजार ७९४ जनाको पिसिआर परीक्षण गर्दा ९९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या दुई लाख ७१ हजार ८०६ पुगेको छ भने पिसिआर परीक्षण हुनेको संख्या २० लाख ९१ हजार १६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या एक हजार ९५९ छ ।
यस्तै पछिल्लो समय थप २४८ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या दुई लाख ६७ हजार ८१२ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, देशभर हाल ७५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । ६१ जना आइसियु र १४ जना भेन्टिलेटरमा उपचाररत रहेका हुन् । बागमती प्रदेशमा २९ आइसियु र १० भेन्टिलेटरमा, गण्डकीमा तीन जना आइसियुमा, लुम्बिनीमा २७ आइसियु र तीन भेन्टिलेटरमा, कर्णालीमा एक जना आइसियु र एक जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा एक जना आइसियुमा उपचाररत रहेका छन् ।
शनिबार कोरोना संक्रमण पुष्टि हुनेमा झापामा तीन, मोरङमा एक, सर्लाही र सिरहामा एक/एक, काठमाडौंमा ४८, चितवनमा १०, भक्तपुरमा पाँच, मकवानपुरमा एक, ललितपुरमा १३, कास्कीमा दुई, गोरखामा दुई, पर्वतमा एक, बागलुङमा एक, स्याङजामा एक, नवलपरासीमा एक, पाल्पामा तीन, प्युठानमा एक, रुपन्देहीमा दुई, कञ्चनपुरमा एक र कैलालीमा तीन जना रहेका छन् ।






