थप १७१ जनामा कोरोना संक्रमण, २५९ जना संक्रमण मुक्त

काठमाडौं,
माघ २० ।

मंगलबार थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय दुई हजार ८४६ जनाको पिसिआर परीक्षण गर्दा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या दुई लाख ७१ हजार २८९ र पिसिआर परीक्षण हुनेको संख्या २० लाख ७८ हजार ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या दुई हजार ४०० रहेको छ ।

यस्तै थप २५९ जना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या दुई लाख ६६ हजार ८५९ पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.३७ छ ।
देशभरका विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा १४९ जना कोरोना संक्रमित उपचाररत छन् । १२८ जना आइसियु र २१ जना भेन्टिलेटरमा उपचाररत रहेका हुन् । प्रदेश १ मा दुई जना आइसियुमा, बागमती प्रदेशमा ३२ आइसियु र ११ भेन्टिलेटरमा, गण्डकीमा ६४ आइसियु र ६ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा २९ आइसियु र तीन भेन्टिलेटरमा र कर्णाली प्रदेशमा एक जना आइसियु र एक भेन्टिलेटरमा छन् ।

मंगलबार झापामा एक, मोरङमा दुई, सुनसरीमा चार, रौतहटमा दुई, सप्तरीमा एक, काठमाडौंमा ५७, चितवनमा २८, धादिङमा एक, नुवाकोटमा चार, भक्तपुरमा तीन, मकवानपुरमा दुई, ललितपुरमा पाँच, कास्कीमा २७, गोरखामा एक, तनहुँमा दुई, नवलपरासी पूर्वमा चार, लमजुङमा एक र बागलुङमा एक, कपिलवस्तुमा एक, दाङमा एक, नवलपरासीमा एक, पाल्पामा पाँच, बर्दिया तीन, बाँके पाँच, रुपन्देहीमा एक, कैलालीमा चार, डोटीमा तीन र बझाङमा एकजनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो समय कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै देशभर मृत्यु हुनेको संख्या दुई हजार ३० पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार