‘मैले के बिगारे’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
माघ १४ ।

मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारे’ सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा करणराज कार्कीको सङ्गीत तथा लेखु सहयात्रीको शब्द सुन्न सकिन्छ ।

गीतको भिडियोमा पति वियोगको कथालाई देखाइएको छ । भिडियोमा गायिका मेचु आफैँ फिचर भएकी छिन् । भिडियोमा मेचुलाई ज्वाला राईले साथ दिएका छन् ।

मेचुकै कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोमा पेटेर पुरुङको छायांकन रहेको छ । राज पोखरेलले ड्रेन चलाएको भिडियोमा सम्पादन तथा कलर विष्णुहरी तिमल्सेनाको छ ।

यसै गीत पुरुष भर्जनमा पनि सार्वजनिक भएको छ । पुरुष भर्जनमा भने सङ्गीतकार कार्की आफैँले स्वर भरेका छन् ।
पुरुष भर्जनको भिडियोलाई भने लिरिकल शैलीमा तयार गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार