काठमाडौं,
माघ १३ ।
सुबर्ण बुढाथोकी र रोशनी पुन मगरको स्वरमा रहेको लोकदोहोरी गीत ‘सालको पात बजाउनेले…’ सार्वजनिक भएको छ । भद्र नकालको शब्द तथा सङ्गीत र सुदिप सागरको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
यसअघी टेलिभिजनमा थुप्रै हास्य टेलिफिल्ममा अभिनय गरिरहेका कलाकार भीमसेन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा भीम घिसिङ, करीश्मा मगर, गोबिन्द गौतम र ग्रिवाणी बस्नेत फिचर्ड छन् ।
बिगत लामो समयदेखी नृत्यलाई आफ्नो पेशा बनाउदै आएका मोडल द्वय भीम घिसिङ र करिश्मा मगरको उत्कृष्ट नृत्य र बिगत लामो समयदेखि गायकको रुपमा परिचित गायक गोबिन्द गौतम र नयाँ प्रस्तुतिको रुपमा रहेकी गिर्बाणी बस्नेतको अभिनयमा भिडियो राम्रो बनेको छ ।
गायक गोबिन्द गौतमको अफिसियल युट्युब च्यानलमार्फत गोबिन्द गौतमबाट सार्वजनिक गरिएको गीतको भिडियोमा शिव शर्माको कोरियोग्राफी छ । खमेश श्रेष्ठको शाह निर्देशन रहेको भिडियोमा प्रवेश पोख्रेलको छायांकन र सुरेश श्रेष्ठको सम्पादन छ ।






