काठमाडौं
माघ १३ ।
प्रविन वेडवाल र रंगीला बटालाको स्वरमा रहेको गीत ‘थोरै खुशी’ सार्वजनिक भएको छ । जीवन दर्शनको भाव बोकेको यस गीतमा शब्द अमेरिका निवासी गोपाल लोहारको छ । बसन्त सापकोटाको सङ्गीत र बिशम आचार्यको सङ्गीत संयोजन छ ।
भिडियोमा कुलदीप अधिकारी, कविता न्यौपाने र समृद्धि निरौलाको अभिनय छ । श्याम तामाङको छायांकन, विकाश दाहालको सम्पादन छ ।
भीमा लोहार उत्पादक रहेको भिडियोलाई काजी लिम्बु र श्याम लामाको निर्देशन छ । गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ ।






