काठमाडौं,
माघ १२ ।
राजबहादुर साने निर्देशित टेलिशृङ्खला तथा वेवसिरिज ‘कलेज लभ’ को ट्रेलर सोमबार सार्वजनिक भएको छ । प्राइम टेलिभिजनमा माघ २९ देखि हरेक बिहीबार राति ९ बजे प्रशारण हुने ‘कलेज लभ’को ट्रेलर सार्वजनिक भएको हो ।
ट्रेलरमा कलेजमा हुने गरेको आकर्षण, प्रेम, करिअरप्रतिको चिन्तालगायतका विविध विषय समेटिएको छ । टेलिशृङ्खलामा सुशील पोखरेल, हिउँवाला गौतम, प्रिया रिजाल, सुजल बम, शिशिर राणा, नवीन केसी, सयुज राई, पवन भट्टराई, शुभम गौतम, टेक बम, मुस्कान बुढाथोकी, बिबस थापा, स्नेहा मगर, पूजा दर्नाल, अमृता थापा, आशा राई, सारा नेपाली, आकाश थापा, बिष्णु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ ।
कुमार केसीको प्रस्तुत रहेको टेलिशृङ्खलामा दिब्य सुवेदी र वीरेन्द्र परियारको छायांकन र तारा थापा ‘किम्भे’को सम्पादन छ ।






