‘डाईनामिक नृत्य क्रियशन’को शुभारम्भ

ललितपुर,
माघ १२ ।

ललितपुरको सातदोबाटामा ‘डाईनामिक नृत्य क्रियशन’को शुभारम्भ गरिएको छ । नेपाल चलचित्र कलाकार संघको अध्यक्ष रविन्द्र खड्काको प्रमुख आतिथ्यतामा ‘डाईनामिक नृत्य क्रियटिभ फिल्मस् प्रालिको सोमबार उद्घाटन भएको हो ।

कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी मोहन निरौला, गोपाल काजी कायस्थ, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायन प्रधान, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, बरिष्ठ शृङ्गारकर्मी श्यामकुमार बराल, पत्रकार सानुकाजी श्रेष्ठ, द्वन्द्व निर्देशक शंकर महर्जज, गोपाल ढकाल ‘छन्दे’ रामेश्वर बुर्लाकोटीलगायका बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने मोडल फरिता खड्का र अमित ठाकुरले नृत्य तथा अभिनय प्रशिक्षण केन्द्र स्थापना गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार