कोरोना संक्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन

काठमाडौं,
माघ ११ ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा चार जना, कुवेतमा तीन जना, पोर्चुगलमा एक जना र मलेसियामा एक जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा तीन सय २७ पुगेको छ ।

संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५३ हजार चार सय ३२ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, प्रोतुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापानलगायत मध्यपूर्वमा रहेका थप नेपालीहरूमा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोना भाइरसका कारण नेपालमा एक हजार नौ सय ९४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ६९ हजार एक सय ८० जना छ भने दुई लाख ६३ हजार सात सय ३४ जना अर्थात ९७.५ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

एक सातामा औसतमा दुई हजार नेपालीहरू संक्रमित
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले एक सातामा औसतमा दुई हजार नेपालीहरू संक्रमित हुने गरेको जनाएको छ । सो आधारमा एक महिनामा औसतमा आठ हजार नेपाली संक्रमित हुने गरेको समितिका संयोजक सञ्जिव सापकोटाले जानकारी दिनुभयो । सोही अवधिमा औसतमा एक महिनाको अवधिमा चार हजार जना संक्रमणमुक्त हुने आंकलन गरेको डा. सापकोटाले बताउनुभयो ।

स्वास्थ्य समितिले विश्वका विभिन्न मुलुकमा खोप अभियान सुरु भइसकेपनि नेपाललगायतका नेपाली भएका कयौँ मुलुकमा खोप अभियान सुरु नभएकोले सावधानी अपनाउन आग्रह गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार