आजको मौसम: उच्च हिमाली क्षेत्रमा हल्का हिमपात, तराईमा हुस्सु र कुहिरो

काठमाडौंं,
माघ ७ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र त्यस आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेको र प्रदेश नं १ को पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली रहेको तथा देशका पहाडी भु-भागका केही स्थान र तराईका अधिकांश स्थानमा हुस्सु रकुईरो लागि रहेको उल्लेख गरेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १७ डिग्री सेल्सियस रहने विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने र देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने त्यस्तै प्रदेश नं १ का पहाडी भू-भागका एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको साथै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने र देशका बाँकी भू-भागको मौसममा आंशिक बदली रहने, प्रदेश नं १ का पहाडी भू-भागका एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना र प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार