काठमाडौं,
पुस ५ ।
बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रकारको कोरोना भाइरस पुष्टि भएको छ । गत पुष १ गते देखि नेपाल आएका उनिहरूमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ प्रकारको भाइरस देखिएका मध्ये दुई जना निको भई घर गएका र एक जना आइसोलेसनमा नै रहेको जानकारी दिनुभयो । बेलायतवाट आएका मध्ये ६ जनामा कोरोना संक्रमण देखिएको थियो ।
ति मध्ये तीन जनामा नयाँ प्रकारको भाइरसको संकेत देखिएको भन्दै मन्त्रालयले श्वाव परीक्षणका लागि हङ्कङ् पठाएको थियो । यस मध्ये २८ वर्षकी महिला र ३२ वर्षका पुरुष हाल संक्रमणमुक्त भइसकको तर ६७ वर्षीय पुरुषमा भने अझै पनि संक्रमण कायम रहेको जनाइएको छ ।






