नेपाली लाइन प्रड्युसर भएको साउथ इन्डियन चलचित्र ‘मास्टर’ रिलिज

काठमाडौं,
माघ २ ।

कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणका कारण सिनेमाघरमा आउन डराइरहेका दर्शकलाई लोभ्याउन नेपाली हल सञ्चालकले साउथ इन्डियन चलचित्र ‘मास्टर’ सार्वजनिक गर्ने भएका छन् । भारतमा सो चलचित्र बिहीबारबाट रिलिज भएको छ । नेपालमा भने शुक्रवारबाट यो फिल्म रिलिज हुँदैछ ।

भारतमा पनि महामारीपछि ठूलो ब्यानरको चलचित्र सार्वजनिक भएको यो पहिलो हो । लोकेश कंगराजको निर्देशनमा बनेको तमिल चलचित्रका दुई सुपरस्टार विजय र विजय सेतुपतीसँगै पर्दामा छन् ।

३८ सय पर्दाका साथ रिलिज भएको ‘मास्टर’ तमिलसँगै फिल्म तेलगु, कर्णाटक, मलयालम र हिन्दी भाषामा पनि सार्वजनिक भएको छ । नेपालमा समेत यी दुई अभिनेताको फ्यान फलोइङ राम्रो छ ।

भारतीय चर्चित कलाकार रजनिकान्तसँग राजेन्द्र घिमिरे सो चलचित्रमा नेपाली नागरिक राजेन्द्र घिमिरे लाइन प्रड्युसरको रूपमा संलग्न छन् । नुवाकोटका घिमिरे लामो समयदेखि मुम्बई र साउथ इन्डियन चलचित्रको निर्माणमा संलग्न छन् ।

यसमा तपाइको मत

अन्य समाचार