काठमाडौंं,
पुस २५ ।
दिनेश क्षत्री र मेनुका परियारको स्वरमा रहेको गीत ‘माया काखैमा’ सार्वजनिक भएको छ । सबिता चिलुवालको शब्द, सुजन लम्सालको सङ्गीत र डोलराज बारघरेको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गायक दिनेशकै निर्देशन रहेको गीतमा करण चैशिरको छायांकन, प्रकाश धमलाको सम्पादन छ । गीतको भिडियोमा रामजी खाण, सुजन लम्साल, दिनेश क्षत्री, मेनुका परियार, सिताराम परियारलगायततको अभिनय छ ।
गीतलाई बासुकी क्रियशनले बजार ब्यवस्थापन गरेको छ भने सुजन लम्सालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






