कविता: गोर्खे प्रतिध्वनि

✍️ प्रहलाद दवाडी ‘अतृप्त’,
लिङ्गमो, दक्षिण सिक्किम ।
पुस २५ ।

सन्तान हौ वीर गोर्खाको
सन्सार जित्ने पुर्खाको।
उठ अब जाग जाग जाग
एकता र अस्तित्वको लागि ।।

यहाँको डाडा काडा
पू्र्खाको पसिनाले सिचिएको छ।
हिमाल् , लेक ,बेसि
गोर्खाको रगतले लिपिएको छ।।
सन्सार जित्ने गोर्खाको
सन्तान आज रोइराको।
उठ अब जाग जाग जाग
आफ्नो हक र अधिकारको लागि ।

यहाँ माटोसँगै
तिम्रो संस्कृति गासिएको छ ।
सबै खोला नालामा
तिम्रै पुर्खाको रगत बग्छ ।।
सन्सार जित्ने पुर्खाको
अस्तित्व यहाँ मेटियो ।
उठ अब जाग जाग जाग
सन्ततिको सुरक्षाको लागि ।

तिम्रो जन्म थलो
यहाँ अर्कैले लगिसके ।
तिम्रो पुर्खाको चिहान
आज खोलामा बगाइसके ।।
सन्सार जित्ने गोर्खाको
घर भयो आज अर्काको ।
उठ अब जाग जाग जाग
इतिहास र अधिकारको लागि ।

यहाँ स्वार्थीहरु ले
खुट्टामा बन्चरो हानेको छ ।
आफू दासी भएरै
सामन्ती हुकुम मानेको छ।।
तिमी बाघको बच्चा डमरु
नडराउ तिमी यहाँ लड्नु ।
उठ अब जाग जाग जाग
जागरण र संरक्षणको लागि ।।

यहाँ एकता तिम्रो
जात जातमा फुटाएकै हो ।
आफ्नो अधिकारनै
सर्वश अरुलाइ लुटाएकै हो ।।
जीवन त्यसै गैसक्यो
लु अब अबेर भैसक्यो ।।
उठ अब जाग जाग जाग
भविष्यलाई बन्दकी नराख ।।

वीरको छोरा तिमी
अन्यायमा कहिले झुक्दैन ।
रणमा हिम्मत गर्छ
डरले पछाडी लुक्दैन ।।
पुर्खाको इज्जत बचाउन
हक र अधिकार ल्याउन ।।
उठ अब जाग जाग जाग
आफ्नो हक र सुरक्षाको लागि ।

सन्सार जित्ने पू्र्खाको
सन्तान हौ तिमी गोर्खाको ।
आपसमा कहिले नलड्ने
हिमाल झै अटल रहिरहने ।।
आफ्नो वसुन्धराको पहिचानको लागि
आफ्नो घडेरी जोगाउनमा लाग ।
उठ अब जाग जाग जाग
उन्नतिको मार्गमा लाग ।।

यसमा तपाइको मत

अन्य समाचार