‘हेप्नी मलाई हेप्नी’ भन्दै योगेश र एलिना (भिडियोसहित)

काठमाडौं,
पुस २४ ।

योगश काजी र एलिना चौहानको स्वरमा रहेको गीत ‘हेप्नी मलाई हेप्नी’ सार्वजनिक भएको छ । लोकराज अधिकारीको शब्द, योगेशकै सङ्गीत तथा सङ्गीत संयोजन र किशोर थापाको मिक्सिङ रहेको गीतको भिडियो शुक्रबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

क्रान्ति केसीले निर्देशन गरेको गीतको भिडियोमा वर्षा शिवाकोटी, नवराज न्यौपाने, रस्मी भट्ट, शिवहरि वैरागी, मनिषा सिलवाललगायतका कलाकारको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन रहेको गीतको भिडियोमा क्रान्तिकै सम्पादन रहेको छ ।

गायक तथा सङ्गीतकार योगेश काजीका थुप्रै गीत लोकप्रिय रहेका छन् । चलचित्र पाश्र्वगायन र सङ्गीतमा क्रियाशिल रहनुभएका योगेश गीतको भिडियो तिर बाक्लै देखिनुहुन्छ । गीत सङ्गीत जस्तै उहाँको अभिनयले पनि राम्रै तारिफ पाइरहेको छ यतिवेला ।

यसमा तपाइको मत

अन्य समाचार