काठमाडौं
पुस २४
शुक्रबार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच हजार २६९ जनाको पीसीआर परीक्षण गर्दा ५५४ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै कुल संक्रमितको संख्या दुई लाख ६४ हजार १५९ पुगेको छ भने पीसीआर परीक्षण हुनेको संख्या १९ लाख ७४ हजार ५६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर २१९ जना कोरोना संक्रमित देशका विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका छन् । १८२ जना आइसियु र ३७ जना भेन्टिलेटरमा उपचाररत रहेका हुन् । यस्तै, देशभर एक हजार ५६१ कोरोना संक्रमित होम आइसोलेसनमा छन् । पाँच हजार २१ कुल सक्रिय संक्रमितमध्ये एक हजार ५६१ जना संक्रमित होम आइसोलेसनमा रहेका हुन् भने बाँकी तीन हजार ४६० जना संक्रमित संस्थागत आइसोलेसनमा छन् ।
यस्तै शुक्रबार इलाममा पाँच, उदयपुरमा ११, खोटाङमा दुई, झापामा १०, तेह्रथुममा एक, धनकुटामा एक, पाँचथरमा तीन, भोजपुरमा एक, मोरङमा ५३, संखुवासभामा दुई, सुनसरीमा ३५, पर्सामा तीन, बारामा चार, सप्तरीमा तीन, सर्लाहीमा दुई, काठमाडौंमा १७१, काभ्रेमा एक, चितवनमा १५, दोलखामा एक, धादिङमा तीन, भक्तपुरमा १३, मकवानपुरमा तीन, ललितपुरमा २३, सिन्धुपाल्चोकमा दुई, कास्कीमा ३०, तनहुँमा १३, लमजुङमा ६, बागलुङमा नौ, स्याङजामा चार, अर्घाखाँचीमा तीन, दाङमा १०, नवलपरासीमा तीन, पाल्पामा तीन, प्युठानमा चार, बर्दियामा सात, बाँकेमा नौ, रोल्पामा एक, रुपन्देहीमा २८, जाजरकोटमा एक, जुम्लामा एक, डोल्पामा सात, सुर्खेतमा एक, कञ्चनपुरमा १९, कैलालीमा १५, बझाङमा ११ र बाजुरामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ९०९ पुगेको छ । यसअघि बिहीबार चार जना संक्रमितको मृत्यु भएको थियो ।






