काठमाडौं,
पुस २२ ।
सुमित खड्काको स्वरमा रहेको राष्ट्रभक्ति गीत ‘म कदापी चाहन्न…’ सार्वजनिक भएको छ । शक्ति बल्लभको सङ्गीत, निरज श्रेष्ठको सङ्गीत संयोजन र लक्ष्मण राईको को शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
आयुष घले मगरको निर्देशन रहेको गीतको भिडियोमा युवाहरुलाई एक जुट भएर आत्मनिर्भर बन्न र देश समृद्ध बनाउन आग्रह गरिएको छ । नेपाली माटो प्रतिको माया र स्नेहलाई गीतको माध्यमबाट समेटिएको छ ।
गीतको भिडियोमा आयुषकै छायाँकन रहेको छ भने सदिश जोशीको सम्पादन छ । सार्वजनिक भिडियोमा दीपक भण्डारी, नुरज ठकुरी र प्रदिप थापाको अभिनय छ ।






