काठमाडौंको वायु प्रदूषण अत्यधिक, आवश्यक नपरी बाहिर ननिस्कन आग्रह

काठमाडौं,
पुस २१ ।

वातावरण विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै वायु प्रदूषण अत्याधिक बढेकाले सचेत हुन अनुरोध गरेको छ । विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाद्वारा जारी प्रेस विज्ञप्ति भनिएको छ, ‘उपत्यकामा बिहान र बेलुकीको समयमा प्रदुषण अत्यधिक बढेको पाइएको छ । यसबाट तपाईं हाम्रो स्वास्थ्यमा नकरात्मक असर पर्न सक्दछ ।’ विज्ञप्तिमा भनिएको छ, ‘वायु प्रदूषण मौसममा पनि भर पर्ने भएकाले मौसम यस्तै भइरहेमा केही दिनसम्म प्रदुषण यस्तै रही रहने अथवा अझै खराब हुनसक्ने सम्भावना भएकाले विशेष सावधानी अपनाउनु हुन अनुरोध गरिन्छ ।’

नेपालगञ्ज, विराटनगरलगायतका क्षेत्रमा पनि वायु प्रदूषणको मात्रा उच्च भएको पाइएको उल्लेख गर्दै तराई क्षेत्रका नागरिकलाई पनि विशेष सतर्कता अपनाउन भनिएको छ । विभागले फोहोर र आगो बाल्दा पनि वायु प्रदूषण बढ्ने भएकाले त्यस्तो नगर्न पनि सुझाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार