चलचित्र ‘कृष्ण-लीला’ को इन्डक्ल्याप

काठमाडौं,
पुस २० ।

चलचित्र ‘कृष्ण-लीला’ को सम्पूर्ण छायांकन सम्पन्न भएकोे छ । मंसिर दोस्रो सातामा झापाबाट सुरु गरिएको चलचित्रको आइतबार झापामै ‘इन्ड कल्याप’ गरिएको हो । करिब ४० दिननिरन्तर खिचिएको चलचित्रको निर्देशक दीपक ओली हुन् ।

‘कृष्ण-लीला’ मा अभिनेता पुष्प खड्का कृष्ण र अभिनेत्री श्रद्धा क्षेत्री लीलाको भूमिकामा रहेको बताइएको छ । रोहित कट्टेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता तथा प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको चलचित्रको गीतमा अर्जुन पोखरेलको सङ्गीत र रामजी लामीछानेको कोरियोग्राफी छ ।

लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रमा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारले अभिनय गरेका छन् । आरआर फिल्मस्को ब्यानरमा निर्मित चलचित्रको छायाँकार शिब ढकाल हुन ।

झापा, इलाम र पाँचथरका बिभिन्न रमणीय स्थानमा खिचिएको चलचित्रको प्रदर्शन मिति केही समयमै तय गरिने जानकारी प्रस्तुतकर्ता रोहितले दिएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार