जानकी पन्त ‘जून’को ‘जिन्दगीको सफल मोडमा’ (भिडियोसहित)

काठमाडौं,
पुस १८ ।

बेलायतलाई कर्मथलो बनाउँदै आएकी गीतकार जानकी पन्त ‘जून’को शब्द रचनामा रहेको गीत ‘जिन्दगीको सफल मोडमा’ को भिडियो सार्वजनिक भएको छ । भूपेन्द्र रायमाझीको सङ्गीत र सङ्गीता शाक्यको स्वर रहेको यस गीतको भिडियो कुमुद इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । गीतमा जीवनको कुनै मोडमा कसैको साथ पाएर मन पुलकित भएको र खुशी छचल्किएको भावहरू पोखिएको छ ।

https://www.youtube.com/watch?v=84M9ranIFJQ&feature=emb_logo

वरिष्ठ कलाकार सरोज खनाल र जानकी स्वयम्को अभिनय रहेको यो भिडियो वीरेन्द्र भाट ‘विपिन’ को निर्देशनमा तयार भएको हो भने भिडियोको सम्पादन र कलर करेक्शन पनि वीरेन्द्रकै रहेको छ । यस भिडियोका सिनेम्याटोग्राफर रामसिंह भाट हुन् । भिडियोका निर्माता कुमुद पन्त हुन् ।

 

यसमा तपाइको मत

अन्य समाचार