काठमाडौं,
पुस १८ ।
नेपाल र नेपालीहरूकाको नाममा नयाँ विश्वरेकर्ड स्थापित गरेका युवाहरूलाई प्रमाण पत्र वितरण गरिएको छ । पिम नेपालको आयोजनमा सम्पन्न गरिएको कार्यक्रम विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा चलचित्र विकाश कोर्डका अध्यक्ष दयाराम दहाल, निर्देशक समाजका महासचिव जनकदीप पराजुली, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक दिनेश डि.सी., बरिष्ठ कलाकार उत्तम के.सी., वरिष्ठ गीतकार एवम् सञ्चारकर्मी भरत बम्जनलगायतका विशिष्ठ व्यक्तित्वहरूको सहभागिता रहेको थियो भने कार्यमको सभापतित्व चलचित्र निर्देशक एवम् लेखक मोहन निरौलाले गरेका थिए ।
संसारको अग्लो स्थानमा छायाँकन गरिएको गीतको भडियो हाम्रो ‘साझा हिमाल’लाई गिनिज बुक अफ वल्ड रेकर्डमा स्थापित गराउदै नेपालीहरूका लागि नयाँ सफलता दिलाउन सफल भएका छन् चलचित्र निर्देशक माधव राज खरेल, निर्माताद्वय कमला जोशी, पुष्कर नेपाल र गायक पुर्ण राई । साझा हिमाल गीतलाई मुर्तरुप दिन सघाउने कलाकारहरू श्रीदेव भट्टराई, दीर्घ राज जोशी, नयनराज जोशी, विश्वास पराजुली, सञ्चबहादुर राई, सुस्मा भट्टराई, दृश्य सुवेदी, गोपाल ढकाल (छन्दे), प्रमिला राई, शान्तिप्रिय, राजन खरेल, विपिन भाट, अस्मिता श्रेष्ठ, शोमा खत्री, कानुनी सल्लाहकार राजेन्द्र शर्मा, राजन थापा, किरण चौधरी, रोशन श्रेष्ठलगायतलाई उक्त कार्यक्रममा गिनिज वल्र्ड रेकर्डवाट प्राप्त सहभागिताको प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
त्यस्तै कार्यक्रममा गायिका सरिता भारतीलाई गायन सम्मानसमेत गरिएको थियो । नेपालको नाम भिडियो मार्फत विश्वमा राख्न सफल भएकोमा रेकर्ड होल्डर खरेललगायत चारै जनालाई प्रमुख अतिथि सांस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल, चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहाल, राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईला, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक समाजका जनकदीप पराजुली, कान्तिपुर टिभिका स्टेशन हेड एवम् चलचित्र निर्देशक दिनेश डि.सी.लगायतले बधाई एवम् शुभकामना दिएका थिए ।
नेपालको रमणीय पर्यटकिय नगरी सोलुखुम्बुको गोक्यो चार हजार ७ सय ६८ मिटरको उचाईमा २०७६ असोज १० गते उक्त गीतको छायाँकन गरिएको थियो । गीतमा हिमाल भनेको संसाको साझा हो र विश्वले यसलाई धर्तीको स्वर्गको रुपमा लिदै यसको संरक्षण र प्रवद्र्धनमा सबैले लाग्नुपर्नेमा जोड दिईएको छ । कार्यक्रमको आयोजना पावर ईन्टरनेशनल मिडिया नेपालले गरेको थियो ।






