काठमाडौं,
पुस १८ ।
धन किरण गुरुङ र अञ्जु पन्तको स्वर रहेको गीत ‘हावा सरर’ सार्वजनिक भएको छ । गायक स्वयम्को गुरुङको शब्द तथा सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
मिलन चाम्सले निर्देशन गरेको भिडियोमा बुद्दि तामाङ, आंचल शर्मा, प्रदीप बास्तोला फिचर्ड छन् । डिजी प्रोडक्सन उकेको प्रस्तुतिमा बनेको भिडियोमा राम केसीको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी, सन्देश शाहको सम्पादन, राजेन्द्र महर्जनको कलर, गिरिराज घिमिरेको सहनिर्देशन छ । अल्का गुरुङ निर्माता रहेको भिडियो डिजी प्रोडक्सन युकेको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






