काठमाडौं,
पुस १२ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको र हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । त्यस्तै देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री छ । हिजो काठमाडौंको तापक्रम यो वर्ष जाडो सुरु भएपछिकै सबैभन्दा कम १ दशमलव ३ डिग्रीमा झरेको थियो । आज तराईका जिल्लामा सामान्य कुहिरो र हुस्सु लागेको महाशाखाले जनाएको छ ।
आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ भने देशका बाँकी भू-भागको मौसममा आंशिक बदली रहने विभागले जनाएको छ ।
त्यसैगरी आज राती प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको छ भने देशका बाँकी भू-भागको मौसममा आंशिक बदली रहने विभागले उल्लेख गरेको छ।






