हेटौडा,
पुस ११ ।
हेटौंडा १८, हर्नामाडी स्थित श्री ज्योति माबिमा भोलि पौष १२ गते देखि आठ दिने मूर्तिकला कार्यशाला हुने संयोजक मध्येका लक्ष्मण भुजेलले जानकारी गराउनुभएको छ । दुई स्थानीय र आठ राष्ट्रिय कलाकार गरी १० कलाकारको उपस्थितिमा कार्यशाला गर्न लागिएको उहाँले बताउनु भएको हो ।
‘कलाका लागि कला नै’ भन्ने नाराका साथ आठ दिनसम्म चल्ने कार्यशालामा गंगाधर शारु झापा, राजु पिठाकोटे इलाम, कबिर देवान राई मोरङ्ग, राजन काफ्ले रौतहट, रामचन्द्र पण्डित मोरङ्ग, ओमभक्त भण्डारी, बाबुलाल वाईबा, मान बहादुर वल, लक्ष्मण भुजेल स्थानीय र जिल्लावासी मुर्तिकार कलाकारहरूको सहभागिता रहने छ ।
श्री ज्योति माध्यमिक विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा मूर्तिकला कार्यशाला गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले बताउनुभयो । विद्यालयको पञ्चकन्या भवनस्थित माध्यमिक तहमा आगामी शैक्षिक सत्रदेखि ललितकला विषयअन्तर्गत मूर्तिकला र चित्रकला कक्षा सञ्चालनका लागि कार्यशाला गर्न लागिएको हो ।






