प्रधानमन्त्रीद्वार मन्त्रिपरिषद विस्तार, थपिए आठ मन्त्री र एक राज्यमन्त्री

काठमाडौं,
पुस १० ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना मन्त्रीको जिम्मेवारी हेरफेरसहित नयाँ मन्त्रीको शपथ ग्रहण गराउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अबेर मन्त्रिपरिषद विस्तार गर्नुभएको हो । प्रधानमन्त्री ओलीले नौ जना थपेर मन्त्रिपरिषद विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको हो । शुक्रबार मन्त्रिपरिषदमा आठ जना मन्त्री र एक राज्यमन्त्री थप भएका छन् ।

नयाँ जिम्मेवारीअनुसार ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझी, खानेपानी मन्त्रीमा मणि थापा, शिक्षामा कृष्ण गोपाल श्रेष्ठ, कृषिमा पद्मा अर्याल, भूमि व्यवस्थामा शिवमाया तुम्बाहाङ्फे, कानुनमन्त्री लीला श्रेष्ठ, सहरी विकास मन्त्रीमा प्रभु साह, वन मन्त्रालयमा प्रेम आले, सामान्य मन्त्रीमा गणेश ठगुन्ना, पर्यटनमा भानुभक्त ढकाल र स्वास्थ्य मन्त्रीमा हृदयश त्रिपाठी रहनुभएको छ ।

त्यस्तै जुली महतोलाई महिला बालबालिका मन्त्री बनाइएको छ भने दाबा लामालाइ युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारी दिइएको छ । विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिनुभएको छ । शुक्रबार मन्त्री हुनेहरूमा मध्ये पाँच जना पूर्व माओवादीतर्फका छन् ।

यसमा तपाइको मत

अन्य समाचार